स्थानीयको कुटपिटबाट सैनिक जवानको ज्यान गयो


सिरहा – चोरी गरेको आरोपमा विजुली पोलमा बाँधेर स्थानीयले कुट्दा सिरहामा एक सैनिक जवानको मृत्यु भएको छ ।

स्थानीयहरुको कुटपिटबाट गम्भीर घाइते भएका बरियारपट्टी गाउँपालिका वडा नं.४ सोहपुर निवासी २२ वर्षीय अनिस कुमार सिंहाईको उपचारको क्रममा मृत्यु भएको हो ।

घटना वैशाख २८ गते शनिवार राती घटेको भएपनि गम्भीर घाइते भएका सिंहको उपचारका क्रममा जेठ १ गते दिउँसो काठमाडौको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीलाई खबर गरेपनि प्रहरी समयमा नआउनु र आएपनि मुखदर्शक भएको पीडित पक्षले आरोप लगाएको छ । उनीहरुले दोषीलाई पक्राउ गरी कडा कारवाहीको माग गर्दै बिहीबार सिरहाको सुखीपुर बरियारपट्टी सडक खण्ड विहान ९ बजे देखि साँझ ७ बजे सम्म अवरुद्ध पारेका थिए ।

प्रहरी र स्थानीय बीच ३ बुँदे सहमति भएपछि सडक अवरोध खुला गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement