७० सैनिकलाई प्रकृति संरक्षण पदक प्रदान


काठमाडौं – प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेनामा कार्यरत २० जनालाई ‘प्रकृति संरक्षण पदक’ प्रदान गरेका छन् ।

प्रधानसेनापति थापाले बुधबार त्रिभुवन आर्मी क्लवमा एक कार्यक्रमकाबीच नेपाली सेनामा कार्यरत ६५०९ जना मध्ये रथीबृन्ददेखि महा सेनानीसम्मका २० जनालाई ‘प्रकृति संरक्षण पदक’ प्रदान गरेका हुन् ।

त्यस्तै प्रमुख सेनानीदेखि सिपाहीसम्मका ५० जनालाई बलाध्यक्ष रथी गौरव तण्डुलले पदक प्रदान गरेका थिए । विकट भौगोलिक अवस्था र जटिल मौसमी विविधतामा रहि प्रकृति संरक्षणमार्फत नेपाली सेना र राष्ट्रको गौरव एवं प्रतिष्ठा बढाउन महत्वपूर्ण योगदान र्पुयाएको भन्दै उनीहरुलाई उक्त पदकले सम्मान गरिएको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement