सैनिकको मृृत्यु सम्बन्धमा छानविन शुरु


काठमाडौँ-  नेपाली सेनाले इटहरीस्थित सवुज गणमा कार्यरत अमल्दार भरत विक र प्यूठ दोलख चन्दको मृत्युबारे छानविन प्रक्रिया अघि बढाइएको छ ।

बर्दिया नेउलापुरका विक र सल्यान दमाचौरका प्यूठ चन्दे सोमबार स्विमिङ पुलको उत्तर पूर्वस्थित माछा पोखरीमा अचेत अवस्थामा फेला परेपछि उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याएकामा उनीहरुको त्यही निधन भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सोही अस्पतालमा शव परीक्षणको प्रक्रियामा रहेको जनाउँदै सेनाले घटनाको सत्यतथ्य पत्ता लगाउन स्थानीय प्रहरीसँगको समन्वयमा आवश्यक छानविन प्रक्रियासमेत अघि बढाइएको जनाएको छ ।

उनीहरुको असामयिक निधनप्रति नेपाली सेनाले दुःख व्यक्त गर्दै मृत आत्माको चीरशान्तिको कामनासहित भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement