सलमान खानको फिल्ममा सुनिल थापा


काठमाडौं – अभिनेता सुनील थापाले सलमान खानको फिल्ममा भभिनय गर्ने भएका छन् । बलिउडबाटै फिल्म यात्रा तय गरेका ६४ बर्षीय यी अभिनेता अब सलमान खान प्रोडक्सनको फिल्म ‘क्वाथा’ मा देखिने भएका हुन् ।

पाँच बर्षअघि बलिउड फिल्म ‘मेरी कोम’मा अभिनेत्री प्रियंका चोपडाको गुरु बनेका थापाले फिल्ममा काम गर्नेबारे आफूले सहमति जनाइसकेको जानकारी दिए । अर्कोसाता वीरगन्जमा हुने ‘स्वर्णिम नेपाल फिल्म महोत्सव’ को सन्दर्भमा वीरगन्ज आइपुगेका थापाले आफू छिट्टै ‘क्वाथा’मा देखिने बताएका हुन ।

आयुष शर्माको मुख्य भूमिका रहेने यो फिल्मको निर्देशन करर भुटानीले गर्दैछन् । भारतको मणिपुर राज्यको कथा रहेको ‘क्वाथा’मा थापा त्यहाँको मुखियाको भूमिकामा रहने छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement