बिग बोस-१५ का लागि सलमान खानलाई ३५० करोड दिइने


एजेन्सी – बिग बोस – १५ को नयाँ सिजनको प्रस्तोता बन्नका लागि बलिउड सुपरस्टार सलमान मानलाई ३५० करोड भारतीय रुपयाँ दिइने भएको छ ।

सुपरस्टार खानले १५ प्रतिशत पारिश्रमिक बढाइनुपर्ने माग गरेका थिए । भारतिय समाचार माध्यमका अनुसार नयाँ सिजनको लागि तयारी पूरा भएको र सलमानलाई उनले मागेको पारिश्रमिक दिइने छ ।

बिग बोस ओटीटी यही सेप्टेम्बर १८ का दिन सकिदैछ । त्यसपछि बिग बोस-१५ प्रशारण हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement