सलमान खानको नेपाल भ्रमण स्थगित यस्ताे छ कारण


काठमाडौँ– बलिउड अभिनेता सलमान खान नेपाल आउने कार्यक्रम स्थगित भएको छ । सलमानको ‘दबंग द टुर’ १० मार्चमा काठमाडौँमा तय भएका कार्याक्रम स्थगित भएको हो ।

विप्लव समूहको चेतावनीलाई कारण देखाउँदै सलमानले नेपाल नआउने सन्देश पठाएपछि आयोजक ओडीसी इन्टरनेसनले ‘दबंग द टुर’ रद्द गरेको हो ।

टुँडिखेलमा हुने शोमा अभिनेत्री सानोक्षी सिन्हा, प्रभु देवा, मनिष पल लगायतका कलाकार पनि उपस्थित हुने भनिएको थियो । विकाशकारी भूकम्प र नाकाबन्दीपछि नेपालको पर्यटन क्षेत्रमा परेको नकारात्मक प्रचार न्यूनिकरण गर्दै नेपाल सुरक्षित गन्तव्य भएको सन्देश दिन कार्यक्रम गर्न लागिएको थियो ।

सलमानको कार्यक्रमको विषयलाई लिएर नेकपाको सांस्कृतिक संगठन अखिल नेपाल जनसांस्कृतिक महासंघले विरोध गर्दै कार्यक्रम रोक्ने चेतावनी दिएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement