शाहरुख खान रियलमै हिरो : सलमान खान


एजेन्सी – बलिउडका चर्चित नायक सलमान खानले अर्का नायक शाहरुख खानको खुलेरै तारिफ गरेका छन् । केही समयदेखि रियालिटी शो ‘बीग बोस’मा व्यस्त सलमानले साहरुख रियलमै हिरो भएको बताएका छन् ।

उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा एक भिडियो पोष्ट गर्दै भनेका छन्, ‘हिरो त्यो हुन्छ, जसले साच्चिकै आगोमा कुदेर अरु कसैको ज्यान बचाउँछ ।’ सलमानले पोष्ट गरेको उक्त भिडियोमा साहरुख खान अभिनित चलचित्र ‘ह्याप्पी न्यू इयर’को एक गीतमा उनको कपडामा आगो लाग्छ । तर, साहरुख यो कुराको वेवास्ता गर्दै मुस्कुराउँछन् । सलमानले यही भिडियो इन्स्टाग्राममा शेयर गर्दै लेखेका छन्, ‘शाहरुख खान रियलमै हिरो’ ।

दिपावलीको अवसरमा महानायक अभिताभ बच्चनले आयोजना गरेको पार्टीमा नायिका ऐश्वर्या रायको म्यानेजर अर्चनाको लेहेङ्गामा आगो सल्किएपछि साहरुखले आफूले लगाइरहेको ज्याकेट खोलेर अर्चनाको कपडामा लागेको आगो निभाएका थिए । सलमानले पनि साहरुखको यही कामको प्रशंसा गर्दै भिडियो पोष्ट गरेका हुन् । सलमानले मात्र हैन साहरुखलाई अहिले धेरैले उनलाई रियल हिरो भनेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement