सम्पूर्ण यातायात समितिका बैंक खाता रोक्का


काठमाडौं- नेपाल राष्ट्र बैंकले सम्पूर्ण यातायात समितिका बैंक खाता रोक्का गर्न बैंकहरुलाई निर्देशन दिएको छ ।

राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले दिएको जानकारी अनुसार अर्थ मन्त्रालयले पत्र पठाएपछि बैंक तथा वित्तीय संस्थाहरुमा भएका यातायात समितिका खाताहरु रोक्का गरिएको हो । अब रोक्का भएका खाता अर्थले फुकुवा गर्न निर्देशन नदिएसम्म खाता रोक्का रहनेछ ।

यसअघि सम्पूर्ण यातायात समिति खारेज भएसँगै सरकारले समितिका नाममा भएका बैंक खाता रोक्का गर्न निर्देशन दिएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement