समृद्धिका लागि चीनसंग सहकार्य : पांच क्षेत्रमा साझेदारी प्रस्ताव

समृद्धिका लागि चीनसंग सहकार्य : पांच क्षेत्रमा साझेदारी प्रस्ताव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल र चीनले दु्रत गतिमा आर्थिक समृद्धि हासिल गर्न दुवै देशले सामुहिक रुपमा पांच क्षेत्रमा ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन् ।

उनले आपसी समृद्धि प्राप्तिका लागि निर्धारण गरेका ५ क्षेत्रमा यातायात र कनेक्टिभिटी, कृषि, उधोग र प्रविधि स्थानान्तरण, मानव क्षमताको अधिकतमा प्रयोग, प्रकृतिक स्रोत तथा वातावरण र व्यापार तथा लागनी रहेका छन् ।

यस्ता धेरै क्षेत्र छन्, जहां नेपाल र चीन आपसी समृद्धिका लागि एक अर्कालाई सघाउन सक्छन्, चाईना रिफर्म फोरमले चीनको राजधानी बेईजिङमा आयोजना गरेको २१ औं शताब्दीमा नेपाल चीन सम्बन्ध विषयमा गोलमेच अन्तरक्रियामा पराराष्ट्र ज्ञवालीले भने, मेरो दिमागमा नेपाल र चीनबीच एकअर्कासंग जोडिने पांचवटा यस्ता क्षेत्र छन्, जहां हामी दु्रत आर्थिक समृद्धि प्राप्तिका लागि सहकार्य गर्न सक्छौं ।, यो खबर आजको नागरिक दैनिकमा छ ।