समृद्धीका लागि दक्षता अभिवृद्धी आवश्यक


-सुनिता बराल
नेपाली राजनितीको इतिहासमा वि.स. २०५० साल देखी विशेष घटना सग जोडिएर स्मरणीय बनेको जेठ ३ गतेको दिन २०७५ साल जेठ ३ गते बाट अझ परिपक्वता थप गर्दै विश्वभरी नै कम्युनिष्ट राजनितीमा उदारहणीय भएको छ । जसबाट नेपालको समृद्धीकालागि देखीएका कयौ सपनामा मुना पलाएको छन् । नेपालमा भएका दुई ठुला कम्युनिष्ट पार्टीको एकताले मुलुकभित्र तथा बाहिर तरंग सिर्जना भएको छ ।
कम्युनिस्टहरूको फुटबाट फाइदा उठाउँदै राष्ट्र र जनतामाथि शासन गर्न पल्केका प्रतिक्रियावादीहरू आफ्नो ऐस र आरामको स्वर्णयुग समाप्त हुने डरले विक्षिप्त हुदै कम्युनिस्ट अधिनायकवादको हौवा पिटाउन थालेका केही पात्रहरु कोमा मा राखिएको बिरामी झै भएका छन् । यो एकतालाई नेपालका आम न्यायपे्रमी, प्रगतिशील र देशभक्त जनताको सम्मानको परिचायकको रुपमा हेरीएको छ साथै यो एकता राजनीतिक अस्थिरता अन्त्यको सूचक बन्नुपर्ने कुरामा चासो रहेको छ ।

यसलाई नेपाली जनतामा रहेको गरिबी, अभाव, पछौटेपन, भेदभाव र असमानता समाप्त गर्दै सामाजिक न्याय र समानतामा आधारित सुसंस्कृत र समृद्ध राष्ट्र निर्माण प्रतिको सम्मानको रुपमा लिइएको छ । अहिले हरेक नेपाली नागरीकको मस्तिष्कमा देशको विकास, समृद्धी, उन्नती, समतामुलक समाज निर्माण र भ्रष्टचारको अन्त्य यस्तै यस्तै विषयले स्थान पाएका छन् । जुन देश निर्माणको पहिलो आधार हो किनकी हरेक व्यक्ति जिम्मेवार नभई देशको समृद्धीले पूर्णता प्राप्त गर्दैन त्यसको तयारीको पहिलो स्टेप मानसिक रुपमा तयार हुनु हो तर विकास र समृद्धी फरक फरक कुराहरु हुन ।

जेठ ३ गतेको नेपाली राजनितीमा भएको ऐतिहासीक उपलब्धीको रुपमा एसीया कै ठुलो कम्युनिष्ट पार्टीको स्थापना र जसको नेतृत्वमा सरकार संचालन भइरहेको यो सत्यको महत्वले अझ आशावादी बनाएको हो । हाम्रो बुझाईको विकास सडक, पानी, सिँचाई, बिजुली आदी मात्रै हुँदै आएको छ जसको पूर्णता शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रको विकास बिना असम्भव छ । नेपालमा थोरै संख्यामा रहेको वर्गले सबै प्रकारका साधन, स्रोत र भौतिक पूर्वाधारको पर्याप्त उपयोग गर्दै आएका छन भने मजदुर, किसान तथा अन्य श्रमजीवीहरु मुख्य उत्पादक शक्तिका रुपमा छन् ।

नेपाली समाजमा भएका ८० प्रतिशत श्रमजीवीहरुलाई समान पहुँचमा पुरयाउँनु आजको आवश्यकता हो । तत्कालीन अवस्थामा नेपाली जनताको विकासको आशय गाँस, बास, आवास, शिक्षा, स्वास्थ्य, सुरक्षा, रोजगारी र मनोरञ्जनको सुनिश्चीतता हो । जसका लागि नेपालमा भएका आर्थिक सम्भावनाका स्रोतहरु विद्युत विकास, भौतिक पूर्वाधारको निर्माण, कृषिको व्यवसायीकरण, पर्यटन विकास,आद्यौगिकरणलाई प्राथमिकताका साथ अगाडी बढाउँन जरुरी छ । राष्ट्रिय अर्थतन्त्रमा कृषिको योगदान ३३ प्रतिशत, वैदेशिक रोजगारीले २९.६ प्रतिशत, पर्यटनले २० प्रतिशत, उद्योगले ६ प्रतिशत र अन्य क्षेत्रले ११ प्रतिशत योगदान गरेको पाईन्छ । यि क्षेत्रलाई प्रभावकारी रुपमा कार्यान्वयनमा लगाउन सकियो भने देशको समृद्धीको सपना यही बाट पूरा हुन्छ ।

नेपालमा हाल केन्द्रीय स्तरमा प्रतिनीधित्व गर्ने तहमा ४ वटा पार्टी मात्रै रहेका छन् यो अर्को सकारात्मक पक्ष हो । सानो देश धेरै राजनितीक दल र हरेक क्षेत्रमा आवश्यकता भन्दा बढी राजनितीकरण हाम्रो समस्याको रुपमा रहेको थियो । अब देश विकासका लागि हरेक पार्टीले विषयमा आधारीत भएर धेरै समर्थक र थोरै संख्यामा राजनितीक कार्यकर्ताको धारणा बनाएर अगाडी बढनुपर्छ । अब पनि औषत क्षमता भएका व्यक्तिहरुको उत्पादन, विषयलाई सामान्यीकरण गर्ने अभ्यास कायम रहने हो भने हामीले लक्ष्य भेटाउन सक्दैनौ । हरेक व्यक्ति आफ्नो विषयमा दक्ष बन्नु पर्दछ । तत्कालीन बाम गठबन्धनको निर्वाचन घोषणापत्रमा व्यवसायिक तथा प्राविधिक विषयमा ७० प्रतिशत र गैरप्राविधिक विषयमा ३० प्रतिशत जनशक्ति विकास गर्ने प्रतिवद्धता जनाईएको छ ।

साथै संविधान प्रदत्त शिक्षाको मौलिक हक कार्यान्वयन गर्न कुल वजेटको २० प्रतिशत शिक्षामा लगानी गर्ने भनिए बमोजिम निशर्त कार्यान्वयन गर्नुपर्दछ । हाम्रा आज सम्मका अभ्यासहरु चेतनाका लागि जागरण र ज्ञानका लागि शिक्षा हुने ठाउँबाट अगाडी बढेका थिए अब भने समृद्धीकालागी दक्ष जनशक्ति हुन आवश्यक छ । अबको हाम्रो राजनितीक यात्रा समानता, स्वतन्त्रता र समृद्धीका लागि हो । समृद्धी अब नेपालका लागि मृगतृष्णा हुन सक्दैन ।

एक जना मात्रै नेपाली भोकै रहयो भने पनि सबै नेपालीले खाएका छन भन्न सकिदैन त्यसैले हरेक नेपाली नागरीक श्रम सग जोडिनुपर्दछ । हरेक युवा उद्यमशिल बन्नु यो पुस्ताकालागि अनिवार्य शर्त हो । आज हाम्रो देश र नेपालको कम्युनिष्ट राजनिती इतिहास र परिवर्तनको महत्वपूर्ण मोडमा उभिएको छ । यसको सार्थकताका लागि संघिय राज्यका सबै संरचनाहरुको उत्तिकै सक्रियता आवश्यक पर्दछ । स्थानिय तहमा भएका सम्भावनाको विकास र प्रादेशीक सरकारको प्रभावकारी भूमकीबाट अब गुणात्मक परिणामा आउने योजना केही सुरुवात भएका छन जसको पूर्णता र केही संभावितहरुको सुरुवात गर्नुपर्दछ ।
( बराल अनेरास्ववियु केन्द्रीय कमिटी उपाध्यक्ष हुन् )

प्रतिक्रिया दिनुहोस
Advertisement