भारततिर बगर बनेको ३५ हेक्टर नेपाली जमिनमा सरकार किन मौन ?: सांसद बडु

भारततिर बगर बनेको ३५ हेक्टर नेपाली जमिनमा सरकार किन मौन ?: सांसद बडु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले भारततिर बगर बनेको नेपाली जमिनमा सरकार किन मौन ? भन्दै प्रश्न गरेका छन् ।

प्रतिनिसभाको मंगलबारको बैठकको शुरूमै समय लिएर बोल्दै सांसद बडुले दार्चुलामा आएको बाढीका कारण नेपाली भूमि खण्डित भएको र भारततर्फ परेको भन्दै त्यसलाई फिर्ता ल्याउन सरकारको ध्यानाकर्षण गराएका हुन् । उनले बाढीका कारण ३५ हेक्टर जमिन भारततिर बगर बनेको जानकारी गराए ।

‘नेपाल सरकार बेखबर छ, सुतिरहेको छ,’ उनले भने, ‘१ हजार ४३ रोपनी बाढीले बगायो र धेरै हिस्सा भारतिर गयो । ३५ हेक्टर जमिन भारततिर बगर बनेको छ । आफ्नो भूमि गुम्ने विषयमा पनि किन मौन ? ।’

उक्त भूमि अहिले भारतले आफ्नो बनाउने गरी तटबन्द लगाउन थालेको भन्दै त्यसमा सरकारले पहल गर्नुपर्ने उनले माग गरे । सीमामा कुनै पनि संरचना बनाउँदा दोस्रो देशको सहमति लिनुपर्ने भए पनि भारतले त्यसो नगरेको भन्दै ‘यस विषयमा सरकार मौन किन रहेको हो ?’ भनी प्रश्न समेत गरे ।