संसद सचिवालयले नयाँ लोगो फिर्ता पठायो


काठमाण्डु – संसद सचिवालयले सांसदहरुका लागि प्रयोग हुने लोगो फिर्ता पठाएको छ । हेीदिनअगाडि सार्वजनिक भएको उक्त लोगो भद्दा भएको र नेपालको नक्सामा पनि त्रुटी भएको गुनासाो आएपछि सचिवालयले लोगो फिर्ता पठाएको हो ।

संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले सांदहरुबाटै लागोको विषयमा गुनासो गरेपछि फिर्ता गरिएको जानकारी दिए । उनले ३५० वटा लोगो घरेलु तथा साना उद्योग कार्यालयलाई फिर्ता पठाएको जानकारी दिए ।

नेपालको अद्यावधिक गरिएको राजनीतिक तथा प्रशासनिक नक्सा अंकित संघीय संसदको प्रतीक (लोगो) साउन ३२ गते संघीय संसदका पदाधिकारीहरुलाई हस्तान्तरण गरिएको थियो ।

संघीय संसदका महासचिव डा भरतराज गौतमले सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष गणेश प्रसाद तिमिल्सिना र राष्ट्रिय सभाका माननीय उपाध्यक्ष शशिकला दहाललाई लोगो हस्तान्तरण गरेका थिए ।

गत जेठ ११ गते बसेको प्रतिनिधि सभा र राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठकले संघीय संसदका सदस्यहरुले प्रयोग गर्दै आएको लोगो नेपालको वास्तविक सीमा अनुरुपको नक्सा अनुसार परिमार्जन गर्ने निर्णय गरेको थियो ।

सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नक्सा जारी गरेपछि संघीय संसदमा प्रयोग हुँदै आएको लोगो र रोष्ट्रममा प्रयोग हुँदै आएको लोगो परिमार्जन गर्ने निर्णय भएको हो ।

दुई लाल सुनको जलप लगाइएको नयाँ लोगोमा १ तोला चाँदीको बेस र ३.५ सेन्टिमिटर व्यास रहेको छ । लोगो बागमती प्रदेश सरकार मातहतको घरेलु तथा साना उद्योग कार्यायले निर्माण गरेको हो । प्रति लोगो ५ हजार ५ सय २७ रुपैंया खर्च लागेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement