काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको संसद विघटनको विरोधमा विपक्षी गठबन्धनका सांसदहरु सांसदहरुले सर्वोच्च अदालत जाने तयारी गरेका छन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने सबै सांसद उक्त कदमविरुद्ध सर्वोच्च जाने तयारी गरेका हुन् ।
गत शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टीलगायतका सांसदहरु सर्वोच्च जाने तयारीमा रहेको कांग्रेस सांसद रमेश लेखकले जानकारी दिए ।
उनले रिटको ड्राफ्ट तयार भइरहेकाले सम्भवत् आज नै सर्वोच्च जाने जानकारी दिए । विपक्षी गठबन्धनले काठमाण्डु उपत्यका बाहिर रहेका सांसदहरुलाई नागरिकतासहित बोलाएको छ ।
अदालतमा रिट निवेदकको तर्फबाट कांग्रेस नेता रमेश लेखक र नेकपा एमाले नेता भीम रावलले पनि बहस गर्ने बताइएको छ ।




प्रतिक्रिया