निर्वाचन घोषणापछि कामचलाउ सरकारले सदनलाई बिजनेश दिन मिल्दैन: एमाले


काठमाण्डु- प्रमुख प्रतिपक्षी नेकपा एमालेले निर्वाचन घोषणापछि सरकार कामचलाउ भएको भन्दै सदनलाई बिजनेश दिन नमिल्ने तर्क गरेको छ ।

आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै नेकपा एमालेका सांसद सांसद प्रदीप ज्ञवालीले निर्वाचन घोषणापछि कामचलाउ सरकारले सदनलाई बिजनेश दिन मिल्छ? भन्दै प्रश्न गरेका हुन् ।

सरकारले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन मंसिर ४ मा गर्ने घोषणा गरेको थियो। ‘निर्वाचन मिति घोषणा गरेपछि सरकार कामचलाउमा रूपान्तरित भयो। तर हामी सदन चलाइरहेका छौं । कामचलाउ सरकारले सदनलाई बिजनेश दिन मिल्छ ?’, उनले प्रश्न गर्दै भने ।

सरकारले विजनेश दिने र विधेयक दर्ता तथा त्यसमा छलफल गर्ने स्थिति देखिएको उनले दावी गरे । ‘महाअभियोग कार्यसूची देखेँ। प्रधानन्यायाधीशविरूद्ध फागुन २९ मा महाअभियोग दर्ता भएको थियो। यतिन्जेल यो सरकार सुतेर बस्यो । राजनीतिक प्रतिशोध साँध्न खोजियो । यो उचित भएन।’, उनले भने ।

त्यसैगरी सांसद ज्ञवालीले अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले अपुरो अनुसन्धान गरेको बताएका छन् ।

‘बजेट बनाउने क्रममा करका दायराहरु हेरफेरका सह-उत्पादक हुन् । छानबिन समिति बनायौं । छानबिन समितिले सम्पूर्ण अंगहरु पूरा गर्न पाएन । अध्ययन अनुसन्धानका लागि जे-जति कामहरु गरिनुपथ्र्यो कल डिटेल लगायतका कामहरु हुन पाएन।’, उनले भने।

प्रतिक्रिया दिनुहोस
Advertisement