संसदप्रति सरकार र सत्तापक्ष नै जवाफदेही छैन : एमाले


काठमाण्डु- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवासँग संसदमा प्रश्नोत्तर गर्न नपाएको बताएको छ ।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै नेकपा एमालेका सांसद खगराज अधिकारीले संसदप्रति सरकार र सत्तापक्ष नै जवाफदेही नरहेको बताएका हुन् ।

उनले यो सरकार गठन भएदेखि आफूहरुले प्रधानमन्त्री शेरबहादुर देउवासँग संसदमा प्रश्नोत्तर गर्न नपाएको गुनासो गरे ।  ‘शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि संसदमा यो कार्यक्रम (प्रधानमन्त्रीसँग संसदमा प्रश्नोत्तर) भयो ?’, उनले प्रश्न गर्दै भने ।

प्रतिनिधिसभा नियमावलीकोको परिच्छेद ९ मा संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम संचालन हुन सक्ने सम्बन्धी व्यवस्था छ । जसअनुसार सभामुखले प्रतिनिधिसभाको प्रत्येक महिनाको पहिलो र तेस्रो हप्तामा बस्ने पहिलो बैठकको पहिलो एक घण्टा प्रधानमन्त्रीसँग संसदमा प्रश्नोत्तर कार्यक्रमका लागि निर्धारण गर्न सक्ने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement