सन्दीप लामिछानेले तोडे क्यानसँगको सम्झौता

सन्दीप लामिछानेले तोडे क्यानसँगको सम्झौता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– क्रिकेटर सन्दीप लामिछानेले नेपाल क्रिकेट संघको केन्द्रीय सम्झौतामा नरहने निर्णय गरेका छन् ।

बुधबार उनले क्यानसँगको सम्झौतालाई निरन्तरता नदिने निर्णयमा पुगेको घोषणा गरेका हुन्।

‘धेरै सोचविचार पछि, मैले यस पटकको लागि नेपाल क्रिकेट संघको केन्द्रीय सम्झौताअन्तर्गत निरन्तरता नदिने निर्णय गरेको छु। यो क्रिकेट वा मेरो राष्ट्रबाट एक कदम टाढा होइन – यो व्यक्तिगत र व्यावसायिक रूपमा विकास गर्ने दिशामा एक कदम हो,’ सन्दीपले लेखेका छन् ।

‘म सधैँ जस्तै जोश र समर्पणका साथ नेपालका लागि खेलिरहनेछु। त्यो गर्व र जिम्मेवारी सधैँ मेरो हृदयमा रहनेछ। जीवन विकासशील मार्ग र जिम्मेवारीहरूले भरिएको यात्रा हो,’ उनले थप भनेका छन्, ‘त्यहाँ अझै धेरै अन्वेषण गर्न र धेरै बन्न बाँकी छ। म अगाडिको बाटोको लागि उत्साहित छु।’

क्यानले सन्दीपसहित ३३ पुरुष र १९ महिला क्रिकेटरलाई केन्द्रीय सम्झौतामा राखेको थियो । सम्झौताअनुसार सन्दीप ‘ए’ ग्रेडमा थिए । उनले निर्णय सम्झौता जुन महिनामा सकिनेछ ।