क्रिकेटर सन्दीप लामिछानेले गरे उत्कृष्ट प्रर्दशन


काठमाडौं–नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले उत्कृष्ट प्रर्दशन गरेका छन् । नामिबियामा सुरु भएको आइसीसी डिभिजन दुई अन्तर्गतको नेपालको पहिलो खेलमा विहिवार लामिछानेले उत्कृष्ट प्रदर्शन गरेका हुन ।

आयोजक नामिबियालाई १ सय ३८ रनमा रोक्न सन्दीपले महत्वपूर्ण चार विकेट लिए । ८.२ ओभर बलिङ गरेका सन्दीपले २ ओभर मेडन फालेका थिए । १८ रन मात्रै खर्चिएका सन्दीप नेपाली टोलीमा सर्वा्धिक विकेट टेकर बलर बने ।

सन्दीपको उक्त उत्कृष्ट प्रदर्शनपछि इण्डियन प्रिमियर लिगको ११औं सिजनका लागि अक्सन मार्फत २० लाख भारुमा टोलीसँग अनुबन्ध गरेको दिल्लीले खुशी जनाएको छ ।

अफिसियल टिवटरमा सन्दीपको प्रदर्शन सहितको फोटो सेयर गर्दै दिल्लीले डिभिजन दुई अन्तर्गत नेपालको पहिलो खेलमा सन्दीपले उत्कृष्ट प्रदर्शन गरेको उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement