विग ब्यासमा सन्दीपको कमाल ! एकै ओभरमा लिए दुई विकेट


काठमाडौं – विग ब्यास लिग क्रिकेटमा मेलवर्न स्टार्ससलाई सिड्नी सिक्सर्सले १४४ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङ गरेको सिड्नीले ३ विकेट गुमाएर १४३ रन बनाएको हो ।

३.१ ओभर खेलेसँगै वर्षाले प्रभावित गरेपछि खेल १४ ओभरमा झारिएको थियो । त्यसपछि सम्हालिएर प्रदर्शन गरेको सिड्नीले उत्कृष्ट ब्याटिङ ग‍र्यो ।

नेपाली लेगस्पिनर सन्दीपले मेलवर्नका लागि सुरुमै २ विकेट लिँदै सफलता दिलाए पनि त्यस लयलाई सन्दीप र उनको टिमले कायम राख्न सकेन । सिड्नीका मोएस हेरिक्विसले ३१ बलमा ७२ रनको शानदार पारि खेले । उनले ८ छक्का र २ चौका प्रहार गरे ।

यस्तै जेम्स भिन्सले नट आउट ४१ रन बनाए । सुरुका दुई ओपनरलाई भने सन्दीपले आउट गरेका थिए । तीन ओभर बलिङ गर्दा ३८ रन खर्चिएर सन्दीपले २ विकेट लिएका हुन् ।

उनले आफ्नो पहिलो ओभरमै २ विकेट लिन सफल लिएका थिए । व्यक्तिगत पहिलो ओभर लिएर सन्दीप पाँचौं ओभरमा आएका थिए ।

पहिलो र दोस्रो बलमा एक एक रन खर्चिएका सन्दीपले तेस्रो बल डट राखे । चौथो बलमा डेनियल ह्युग्सलाई आउट गरेका थिए । उनी १४ रन बनाएर पेभेलियन फर्किए ।

पाँचौं बलमा १ रन खर्चिएका सन्दीपले अन्तिम बलमा पनि विकेट हात पार्न सफल भए । उनले जोस फिलिपेलाई आउट गरे । उनी १० रन बनाएर आउट भए ।

सन्दीपले आफ्नो स्पेलको पहिलो बलमा दुवै ओपनरको विकेट लिएका हुन् । सन्दीपले पहिलो ओभरमा ३ रन दिएर २ विकेट लिए । तर दोस्रो ओभरमा ११ रन दिए भने तेस्रो ओभरमा २४ रन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement