सन्दीपले चितवनको रंगशालालाई ७० हजार ७ सय ८४ रुपैयाँ सहयोग गर्ने


काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले चितवनको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई ७० हजार ७ सय ८४ रुपैयाँ सहयोग गर्ने भएका छन् ।

उनले नेपालमा जारी आईसीसी वल्र्ड क्रिकेट लिग–२ अन्तर्गतको शृंखलामा लिने हरेक विकेटमा सगरामाथाको उचाई ८,८४८ बराबर रंगशालालाई सहयोग गर्ने घोषणा गरेका थिए । सोही घोषणाअनुसार उनले सहयोग गर्ने रकम ७० हजार ७ सय ८४ रुपैयाँ भएको हो ।

सन्दीपले नेपालसहित ओमान र अमेरिका सम्मिलित शृंखलाको अन्तिम खेलमा बुधबार अमेरिकाविरुद्ध ६ विकेट लिएका छन् । त्यस्तै उनले शनिबार अमेरिकासँगकै पहिलो खेलमा २ विकेट लिएका थिए । यससँगै उनको कुल ८ विकेट भएको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement