एशिया–११ को टिममा परे सन्दीप लामिछाने


काठमाडौं – नेपाली खेलाडी सन्दीप लामिछाने एशिया–११ को टिममा परेका छन् ।

विश्व– ११ विरुद्धको टी २० सिरिजका लागि बनाइएको एशिया–११ को टिममा नेपाली खेलाडी सन्दीप परेका हुन् ।

एशियाली देशका खेलाडी समावेश गरिएको एशिया ११ टिममा भारतबाट केएल राहुल, शिखर धवन, रिशभ पन्त, मोहम्मद सामी, कुलदिप यादव र विराट कोहली रहेका छन् ।

यस्तै बाँकी खेलाडीमा तमिम इकबाल, लिटन दाश, मुस्फिकुर रहिम, थिसारा पेरेरा, राशिद खान, मुस्तफिजुर रहमान, लासिथ मालिंगा, मुजिब उर रहमान र सन्दीप लामिछाने छन् ।

यस टिमका कप्तानी विराट कोहली वा के एल राहुल मध्ये एकले गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement