सानिमा जनरल इन्स्योरेन्सको डेपुटी जनरल म्यानेजरमा रिजाल नियुक्त


काठमाण्डु – सानिमा जनरल इन्स्योरेन्सको डेपुटी जनरल म्यानेजरमा रेना रिजाल नियुक्त भएकी छन् । लामो समय बैंकिङ क्षेत्रमा काम गरेकी रिजालको माघ १६ मा नियुक्ती भएको हो । उनले सोमबारबाट जिम्मेवारी सम्हालेकी छन् ।

उनि यसअघि कुमारी बैंकको म्यानेजर थिईन । रिजालले व्यवस्थापनमा मास्टर गरेकी छन् । एभरेष्ट इन्स्योरेन्सबाट करिअर सुरु गरेकी रिजाल बैंक तथा वित्तिय संस्थामा दुई दशक लामो समय काम गरेपछी फेरी इन्स्योरेन्स क्षेत्रमै फर्किएकी हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement