मुख्यमन्त्री केजरीवाल जेल चलान भएपछि छुटे सांसद सिंह


काठमाण्डु – भारतको आम आदमी पार्टी (आप) राज्यसभा सांसद सञ्जय सिंह जमानतमा रिहा भएका छन् ।

मंगलबार भारतको सर्वोच्च अदालतले उनलाई जमानतमा छाड्न आदेश दिएको छ ।

सिंहलाई दिल्लीको मदिरा नीतिसँग सम्बन्धित कथित घोटाला प्रकरणमा पक्राउ गरिएको थियो । सोही प्रकरणमा पक्राउ परेका मुख्यमन्त्री अरविन्द केजरीवाल न्यायिक हिरासतका लागि जेल चलान भएका छन् भने उपमुख्यमन्त्री मनिष सिसोदिया जेलमै छन् ।

सांसद सिंहलाई भारतको प्रवर्तन निर्देशनाल (ईडी) ले अक्टोबर २०२३ मा पक्राउ गरेको थियो । ६ महिना जेल बसेपछि उनले सर्वोच्चबाट जमानत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement