संखुवासभा हत्या प्रकरणमा नयाँ ट्वीस्ट : लोकबहादुरका भाई नरेश पक्राउ


काठमाण्डु – संखुवासभा सामूहिक हत्या प्रकरणमा नयाँ ट्वीस्ट आएको छ ।

यसअघि हत्या अभियोगमा पक्राउ परेका लोकबहादुर कार्कीको भाइलाई पनि प्रहरीले नियन्त्रणमा लिएपछि उक्त घटना अन्तै मोडिएको हो । पक्राउपछि लोकबहादुरले हत्या आफूले नै गरेको स्वीकार गरेपनि प्रहरीले उक्त घटनामा अनुसन्धान जारी राखेको थियो ।

अनुसन्धानका क्रममा हत्या गरिएकी बुहारी रञ्जना कार्कीको मोबाइल लोकबहादुरका भाइ नरेश कार्कीको साथमा फेला परेपछि लोकबहादुरका भाइ नरेशलाई पक्राउ गरिएको सङ्खुवासभाका डिएसपी लालध्वज सुवेदीले जानकारी दिए । उनले नरेशमाथि थप अनुसन्धान भइरहेको बताए ।

यता थप एक जना पक्राउ गरिएको सम्बन्धमा विभिन्न सञ्चार माध्यमहरूमा समाचार आएको प्रति जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले भने विज्ञप्ति जारी गरी कसैलाई पक्राउ नगरिएको जनाएको छ ।

भदौ २१ मा मादीको उम्लिङ खोलाका ५५ वर्षीय तेजबहादुर कार्की, आमा पार्वती कार्की, श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना कार्की, ८ वर्षका विपिन कार्की र पाँच वर्षीया गोमा कार्कीको हत्या भएको थियो । सामूहिक हत्या भ्एको ५ दिनपछि लोकबहादुरलाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement