काठमाण्डु- प्रतिनिधि सभाको बैठक आइतबार बस्दैछ । संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बैठक बस्दैछ । यस्तै, राष्ट्रियसभाको बैठक सवा १ बजे बस्ने बस्दैछ ।
माघ १८ गतेदेखि सुरु भएको हिउँदे अधिवेशनअन्तर्गत यो तेस्रो बैठक हो ।
संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘महालेखा परीक्षकको ६१औं वार्षिक प्रतिवेदन, २०८१ पेस गर्ने छन् ।
यसैगरी उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१’ फिर्ता लिन प्रस्ताव पेस गर्ने छन् । नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव माथि प्रेम सुवालबाट प्राप्त विरोधको सूचनालाई निर्णायार्थ पेस गरिने छ ।
यस्तै, बैठकमा गृहमन्त्री रमेश लेखकले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’, नेपाल प्रहरी विधेयक २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने, प्रस्ताव गर्ने, सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१ लाई प्रस्ताव गर्न अनुमति माग्ने प्रस्ताव, प्रस्तुत गर्ने र प्रस्ताव गर्ने कार्यसूचीमा उल्लेख छ ।
बैठकमा भने सरकारले ल्याएको अध्यादेशलाई कार्यसूचीमा समावेश गरिएको छैन ।
प्रतिक्रिया