काठमाण्डु – आगामी चैत ७ गते बस्ने प्रतिनिधिसभा बैठकमा ‘प्रधानमन्त्रीसँग प्रश्नोत्तर’ कार्यक्रम हुने भएको छ ।
प्रतिनिधिसभा नियमावली २०७९ को परिच्छेद ९ बमोजिम ‘प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर’ सम्बन्धी कार्यक्रम आगामी चैत ७ गतेको बैठकमा हुने गरी निर्धारण गरिएको सभामुख देवराज घिमिरेले बैठकमा जानकारी गराए ।
‘प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमका लागि यसअघि नै समूह विभाजन भइसकेको र समूह ९ मा रहेका सदस्यले यस महिनामा प्रश्न सोध्नका लागि नियमावली नियम ५८ बमोजिम अगामी चैत ३ गते आईतबार दिनका २ बजेभित्र प्रतिनिधि सभाका सचिवसमक्ष आफ्नो प्रश्न लिखित रूपमा दिइसक्नुहुन व्यहोरा सभासमक्ष जानकारी गराउन चाहन्छु,’ उनले भने ।
प्रतिक्रिया