काठमाण्डु–इन्टरनेट सेवा अवरुद्ध भएपछि बिहीबार प्रतिनिधिसभा बैठकको प्रत्यक्ष प्रसारण रोकिएको छ ।
संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले इन्टरनेटमा प्राविधिक समस्या आएकाले संसद् बैठकको प्रत्यक्ष प्रसारण अवरुद्ध भएको जानकारी काठमाण्डु पाटीलाई दिए ।
गिरीका अनुसार मर्मतकार्य जारी छ । उनले केही समयमै मर्मत सकेर इन्टरनेट सेवा सुचारु हुन सक्ने बताए ।
बिहान ११ बजेदेखि जारी बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने, सार्वजनिक खरिद विधेयक, सम्पत्ति शुद्धिकरण (मनी लाउन्डरिङ) निवारण विधेयक, सहकारी विधेयक र स्वास्थ्य विज्ञन प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित गर्ने कार्यसूची तय गरिएको छ ।




प्रतिक्रिया