संसद्का दुवै सदनको बैठक बस्दै, प्रधानमन्त्रीले जवाफ दिने

संसद्का दुवै सदनको बैठक बस्दै, प्रधानमन्त्रीले जवाफ दिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रतिनिधिसभाको बैठक आइतबार बस्दैछ । ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते संसद्का दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/८३ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।

संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेका अनुसार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममाथि सांसदहरूको जिज्ञासाको जवाफ दिने सम्भावित कार्यसूची छ।

नीति तथा कार्यक्रममाथि दर्ता भएका ३७ संशोधन प्रस्तावलाई निर्णयका लागि प्रस्तुत गरिने छ। वैशाख २२ गतेदेखि प्रतिनिधिसभामा यो विषयमा छलफल सुरु भएको थियो।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) माथि छलफलका लागि प्रस्ताव पेश गर्ने छन्।

राष्ट्रियसभामा पनि प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने र संशोधन प्रस्तावलाई निर्णयका लागि प्रस्तुत गरी पारित गर्ने कार्यसूची छ।