विकास खर्चको साढे ६ करोडबाट गाडी किन्दै संसद


काठमाडौं – विकास खर्च शीर्षकमा सरकारले दिएको थप साढे ६ करोड रुपैयाँले संसद्ले ११ वटा गाडी खरिद गर्दैछ। संसद सचिवालयले संसदीय समिति सभापतिहरूका लागि गाडी खरिद प्रक्रिया अघि बढाइसकेको हो। ११ गाडी खरिदका लागि टेन्डर आह्वान गरिएको र टेन्डरको म्याद असार १ मा सकिएपछि कम्पनी छनोट गरेर खरिद गरिने सचिवालयले जनाएको छ।

जब कि एक महिनाअघि मात्रै सचिवालयले अर्थ मन्त्रालयको स्वीकृतिमा पाँचवटा गाडी किनेको थियो। अहिले संघीय संसद्मा ९२ गाडी छ । यो समाचार नयाँ पत्रिका दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement