प्रतिनिधिसभामा श्रम संस्कृति पार्टीको विरोध

प्रतिनिधिसभामा श्रम संस्कृति पार्टीको विरोध

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रतिनिधिसभाको बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरूले विरोध जनाएका छन् ।

सोमबार बैठक प्रारम्भ हुनासाथ पार्टीका अध्यक्ष हर्कराज राईसहितका सांसदहरूले आफ्नो स्थानबाट उठेर सरकारको विरोध गरिएका प्ले कार्ड देखाउँदै सभामुखको वेल घराउ गर्न पुग्दा मर्यादापालकले रोकेका थिए ।

पार्टीको विरोधप्रति ध्यानाकर्षण गराउँदै सभामुख डोलप्रसाद अर्यालले पर्चा देखाएर सदनमा विरोध गर्ने शैली संसदीय अभ्यास र मर्यादाविपरीत भएको बताए ।

सभामुख अर्यालले यस प्रकारको विरोध आगामी दिनमा नगर्न आदेश पनि दिए । पार्टीले नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका विषमाथि जवाफ दिन प्रधानमन्त्री वालेन्द्र शाह उपस्थित नभएपछि यसअघिको गत वैशाख ३१ गतेको बैठक बहिष्कार गरेको थियो ।