काठमाण्डु – संघीय संसद् अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक शुक्रबार पनि बस्दैछ ।
प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।
बैठकमा बजेट र विभिन्न महत्वपूर्ण विधेयक एवं अन्तर्राष्ट्रिय महासन्धीहरूमाथि छलफल हुने पनि सचिवालयले जनाएको छ ।
यस्तै दिउँसो १ बजे राष्ट्रियसभाको बैठक बस्नेछ । बैठकमा बजेटमाथिको छलफल र वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ।




प्रतिक्रिया