सांसद पालको लुटिएको फोनको लोकेशन उनकै कोठामा


काठमाडौँ – प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको पक्षमा लाग्न भन्दै सांसद निरु पालबाट खोसिएको भनिएको आईफोनको लोकेसन उनकै कोठामा देखाएकाे छ । स्रोतका अनुसार प्रहरीले अनुसन्धानका क्रममा आईफोनको लोकेसन खोज्दै जादा सांसद पालकै कोठा देखाएपछि अनुसन्धान बन्द गरेको छ ।

प्रहरी परिसरले एसपी रामदत्त जोशीको संयोजकत्वमा एउटा छानविन शुरू गरेकाे थियाे । अनुसन्धान सांसद पालकाे लुटिएको भनिएको मोबाइलको लोकेशनबाट घटनाको अनुसन्धान शुरु गरेको थियो । बजारमा दुध लिन जादाँ एक अपरिचित व्यक्तिले कञ्चटमा पेस्तोल ताकिएको र मोवाईल फोन खोसेको विषय पुष्टि हुन सकेको छैन । प्रहरीले अनुसन्धान गर्दा सांसद पाल अप्ठ्यारोमा पर्ने देखिएपछि अनुसन्धान बन्द गरेको छ ।

स्रोतका अनुसार उनले जुन समय आफ्नो अन्तिममा १४० नम्बर भएको मोबाइल लुटियो भनेकी छिन्, अनुसन्धानमा त्यो मोबाइल लुटियो भनिएको ७–८ घण्टासम्म आफ्नै कोठातिर चलेको देखिन्छ । नियमित नम्बरहरुमा फोन गएको छ, आएको पनि छ । तर, जब भोलिपल्ट यो कुरा उठाइन् र सर्वत्र जिज्ञासाको विषय बन्यो, यसपछि मोबाइल स्वीच अफ हुन्छ ।

सांसद निरु पालले संसदमा भने अनुसार कोठा नजिक मध्यबानेश्वर स्थित कृष्णभोग पार्टी प्यालेस पछाडी साउन १५ गते साँझ साढे ८ बजे अझात व्यक्तिले पेस्तोल तेस्राएर धम्काएको कुरा उठाएकी थिईन् । सुरक्षाका लागि भन्दै उनलाई प्रहरीको सुरक्षा खटाईएको थियो ।  आईफोन लुटिएकै जस्तो फण्डा यस अघि पनि सांसद पालले गरेकी थिईन् । यस अघि एक पत्रिकालाई २०५० सालमा दासढुंगा दुर्घटनामा निधन भएका मदन भण्डारीसँगको नक्कली संस्मरण सुनाउँदा आलोचित भएकी थिईन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement