संसदीय सुनुवाई समितिको बैठक सुरु,अनुमोदनमा सकस


काठमाडौं – प्रधानन्यायाधीस दीपकराज जोशीलाई अनुमोदन गर्ने वा नगर्ने भन्ने सम्बन्धमा निर्णय गर्न संसदीय सुनुवाई समितिको बैठक सुरु भएको छ ।

बैठक १० बजेका लागि बोलाइएको थियो। तर, नेकपाका सांसदहरु समयमै उपस्थित भएपनि नेपाली कांग्रेस र संघीय समाजवादी फोरमका राजेन्द्र श्रेष्ठ ढिलो गरी कार्यालयमा उपस्थित भएपछि बैठक बस्न अबेर भएको हो। समितिको पछिल्ला तीन बैठक अनिर्णित रहँदा राजनीतिक अन्योल बढेको छ भने लामो समयदेखि सर्वाेच्च अदालतले प्रधानन्यायाधीस पाउन सकेको छैन।

कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीशमा अनुमोदन गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय गर्न नसक्दा बैठक केही दिनअघिदेखि स्थगित हुँदै आएको छ। अघिल्लो बिहीबार समितिले जोशीसँग जवाफ लिएको थियो। सामान्यतया सुनुवाइ भएकै दिन अनुमोदन गर्ने वा नगर्ने निर्णय हुने गरे पनि यसपटक भने बैठक स्थगित हुँदै आएको छ।

१५ सदस्यीय सुनुवाई समितिमा रहेका सत्तारुढ नेकपा र संघीय समाजवादी फोरमका दुई तिहाई (१०) सदस्य जोशीको नाम अनुमोदन गर्न नहुने पक्षमा छन्।

प्रतिक्रिया दिनुहोस
Advertisement