काठमाण्डु– बैंकिङ कसुर तथा ठगीको आरोपमा पक्राउ परेका सेफ सन्तोष साह रिहा भएका छन् ।
साहलाई सोमबार साँझ साधारण तारेखमा रिहा गरिएको हो ।
साह रेष्टुरेन्ट खरिदका क्रममा दिइएको चेक अनादर तथा ठगी कसुरमा शनिबार जकनकपुरबाट पक्राउ परेका थिए ।
अनुसन्धानका क्रममा खोजी हुँदा उपस्थित हुने गरी परिवारका सदस्यको जिम्मामा छाडिएको जिल्ला प्रहरी परिसर काठमाण्डुले जनाएको छ ।




प्रतिक्रिया