खानेपानी प्रमुखको घुसकाण्डः बुटवलबाट घुस लिएर काठमाण्डु आए, बाटैबाट पक्राउ


काठमाण्डु – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी संस्थान बुटवलका कार्यालय प्रमुख घुससहित पक्राउ गरेको छ ।

कार्यालय प्रमुख इन्जिनियर सन्तोष शाह खानेपानी शाखा कार्यालयका विभिन्न व्यक्तिहरुसंग घुस लिएर काठमाण्डु आउँदै गर्दा पक्राउ परेका हुन् ।

इन्जिनियर साहलाई टंगलबाट खटिएको अख्तियारको टोलीले लु १ ञ ९५ नं. को गाडीमा बुटवलबाट काठमाण्डु आउँदै गर्दा धादिङको धुनिवेसी नगरपालिका–८ खानीखोलाबाट नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।

अख्तियारको टोलीले उनको साथबाट स्रोत नखुलेको नगद दुई लाख ३३ हजार पाँच सय र बैंकमा जम्मा गरेको बैंक भौचर आठ लाख बाइस हजार बराबरको रकमसहित नियन्त्रणमा लिएको हो ।  पक्राउ परेका शाहमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement