हेटौंडा– नेकपा नेता सरल सहयात्री पौडेल बागमती प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री बन्ने भएका छन् ।
नेकपाले पूर्वमाओवादी लडाकुका कमाण्डर पौडेललाई आर्थिक मामिला मन्त्रालयको जिम्मेवारीसहित सरकारमा पठाउने निर्णय गरेको सो पार्टीको संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री शालिकराज मजकट्टेलले जानकारी दिए ।
सत्ता साझेदार एमाले, नेकपा र राप्रपाबीच मन्त्रालय भागबण्डामा आर्थिक मामिला नेकपाको भागमा परेको छ । तीन दलबीचको सहमतिअनुसार नेकपाले सभामुखसहित तीन मन्त्रालय लिनेछ ।
सरकारमा जाने अर्का मन्त्रीको भने टुंगो लाग्न बाँकी रहेको जमकट्टेलले बताए । पौडेले मंसिर २०७९ को प्रदेशसभा निर्वाचनमा सिन्धुपाल्चोक प्रतिनिधिसभा निर्वाचन क्षेत्र–१ (ख) बाट बागमती प्रदेशसभा सदस्य निर्वाचित भएका हुन् ।
एमालेका किरण थापामगर आज बागमतीको मुख्यमन्त्री नियुक्त हुँदैछन् ।




प्रतिक्रिया