प्रधानन्यायाधीश जबराविरुद्ध छानबिनकाे माग गर्दै दायर रिट सर्वोच्चद्वारा दरपीठ


काठमाण्डु – प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध महाभियोग माग गर्दै दायर भएको रिट सर्वोच्चले दरपीठ गरिदिएको छ । प्रधानन्यायाधीश जबराविरुद्ध अधिवक्ता माधवकुमार बस्नेतसमेतले सर्वोच्च अदालतसमेतलाई विपक्षी बनाई पेस गरेको रिट निवेदन सर्वोच्च अदालतका रजिष्ट्रार नारायणप्रसाद पन्थीले आइतबार दरपीठ गरिदिएका हुन् ।

अधिवक्ता बस्नेतले प्रधानन्यायाधीशविरुद्ध लागेका आरोप अत्यन्त गम्भीर प्रकृतिका भएको भन्दै ती आरोपहरुमाथि छानबिन गरी आवश्यक कारबाही गर्नका लागि संविधानद्वारा तोकिएको प्रक्रिया तत्काल प्रारम्भ गर्नु भनी सभामुख र प्रतिनिधिसभाको नाममा परमादेश माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement