काठमाण्डु– विहीबार सर्वोच्च अदालतका इजलास सञ्चालन नहुने भएको छ । सर्वोच्च अदालतका पूर्व न्यायाधीश हरिगोविन्द सिंह प्रधानको निधन भएपछि आज इजलास सञ्चालन नहुने भएको हो ।
बुधबार निधन भएका प्रधानको शोकमा आज अदालतका इजलास सञ्चालन नहुने सर्वोच्च प्रशासनले जनाएको छ ।
सूचनामा भनिएको छ ‘सर्वोच्च अदालतका पूर्व न्यायाधीश श्री हरगोविन्द सिंह प्रधानज्यूको मिति २०८३/०२/०६ गते भएको असामहिक निधनमा शोक प्रकट गर्न आज मिति २०८३/०२/०७ गते बिहिबारका दिन यस अदालतका इजलास सञ्चालन नहुने बेहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’




प्रतिक्रिया