सरकारले पहिलो पटक सार्वजनिक गर्‍यो एकीकृत परराष्ट्र नीति


काठमाण्डु –सरकारले पहिलोपटक एकीकृत परराष्ट्र नीति सार्वजनिक गरेको छ। आइतबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र नीति सार्वजनिक  गरेका हुन् । मन्त्री ज्ञवालीले परराष्ट्र नीति सार्वजनिक गर्दै लामो प्रयासपछि परराष्ट्र नीति बनाइएको र यसले आगामी दिनमा द्वीपक्षीय र बहुपक्षीय सम्बन्ध सञ्चालनमा एकरूपता हुने  बताए।

परराष्ट्र नीतिमा भनिएको छ,‘नेपाल छिमेकीलगायत सबै मित्रराष्ट्रसँग सार्वभौमिक समानता, पारस्परिक हितका आधारमा स्वतन्त्र र सन्तुलिन सम्बन्ध कायम राखिनेछ ।’ सो नीतिमा ऐतिहासिक सन्धि र सम्झौता तथ्य र प्रमाणका आधारमा कूटनीतिक माध्यमबाट सीमाको समस्या समाधान गर्ने उल्लेख छ ।

‘सुरूमा भन्दा अहिले विश्व परिवेशमा परिवर्तन आए पनि असंलग्नताको नीति सान्दर्भिक छ,’ परराष्ट्रमन्त्री ज्ञवालीले भने,‘पछिल्लो समय विश्वका जल्दाबल्दा मुद्दामा संयुक्त राष्ट्रसंघको भूमिका कमजोर जस्तो देखिए पनि नेपालले राष्ट्रसंघको भूमिकालाई बलियो बनाउनु पर्छ भन्ने मान्यता राख्छ किनकी अहिलेका समस्या समाधान गर्नसक्ने क्षमता भएको त्योजस्तो अर्को कुनै फोरम छैन।’

परराष्ट्र मन्त्रालयले तयार पारेको नीतिलाई कात्तिक ४ गते बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको थियो।

परराष्ट्र नीतिको पूर्णपाठ

प्रतिक्रिया दिनुहोस
Advertisement