सरकार अपराधिलाई जोगाएर स्टण्डबाजीमा उत्रियाे : अध्यक्ष ओली


काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता पक्षले संसदमा प्रतिपक्षलाई बोल्न नदिएको बताएका छन्। एमाले अध्यक्ष ओलीले आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा पत्रकार सम्मेलन गर्दै उक्त कुरा बताएका हुन् ।

उनले भने,अहिले‍ संसदको अवरोध तपाईंहरुले देख्नभएको छ। हामी चलाउन खोजिरहेका छौं तर प्रतिपक्ष बोल्न उठ्ने बित्तिकै, सत्तापक्ष जर्‍याकजुरुक्क सबै उठे‍र हो-हल्ला गर्ने संसदमा व्यवधान गर्ने, बोल्न नदिने गरिरहेको छ।’

ओलीले संसद निदाएर बस्ने थलो नभएको समेत बताए। ‘संसद अवरोध हुनै हुँदैन। गर्नै हुँदैन, गर्ने परिस्थिति ल्याउनु हुँदैन। संसद देशका लागि जनताका लागि काम गर्ने थलो हो। संसद देश र जनताका पक्षमा बोल्ने आवाज उठाउने ठाउँ हो।’ उनले भने, देश र जनताका हितमा सरकारमा भए रक्षा गर्ने र सरकारमा नभए रक्षाका निम्ति दबाब दिने थलो हो। संसद निदाएर बस्ने थलो होइन।’

ओलीले देश र जनताका पक्षमा बोलिएका विषयलाई सरकारले गम्भीरता पूर्वक लिनुपर्ने बताए। उनले अर्थतन्त्र नाजुक अवस्थामा पुगेको दाबी गरे। उनले सरकार अपराधिलाई जोगाएर स्टण्डबाजीमा उत्रिएको टिप्पणी गरे।

त्यस्तै उनले साउन ३ गते बरामद भएको १ सय किलाे अवैध सुन तस्करी प्रकरणमा सत्ताकै मान्छेहरुको संलग्नता रहेको समेत बताए ।

 

प्रतिक्रिया दिनुहोस
Advertisement