सरकारी चिकित्सकहरुद्वारा स्वास्थ्य मन्त्रालय घेराउ


काठमाडौं – कर्मचारी समायोजनमा आफूहरूलाई विभेद गरिएको भन्दै सरकारी चिकित्सकहरूले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय घेराउ गरेका छन्।  उनिहरुले कर्मचारी समायोजन तथा स्वास्थ्यका सांगठनिक संरचनाहरू सम्बन्धी आफ्ना माग पुरा नभएसम्म कोही पनि सरकारी चिकित्सकले सरकारले निर्देश गरेको समायोजन फारम नभर्ने बताएका छन् ।

स्वास्थ्यका सांगठनिक संरचनाहरूमा चिकित्सकलाई उपेक्षा तथा अबमुल्यन गरिएको भन्दै उनिहरुले मन्त्रालय घेराउ गरेका हुन् । स्वास्थ्यकर्मीलाई पटक–पटक विभेद गर्ने तथा मनोबल गिराउने कार्य भैरहेको भन्दै शान्तिपुर्ण ध्यानाकर्षण गराईरहदा समेत सरकारले बेवास्ता गरेको चिकित्सकहरुले गुनासो गरेका छन् ।

सरकारले वार्ता र सहमतिका लागि कुनै पहल नगरे आकस्मिक बाहेकका स्वास्थ्य सेवा बन्द गरि आन्दोलनमा उत्रने चेतावनीसमेत उनिहरुले दिएका छन् । प्रशानशनको कर्मचारीहरुलाई एक तह बढुवा गरेर समायोजमा जाने व्यवस्था गरिएको छ हामी चिकित्सकहरुलाई त्यो पनि छैन जसले गर्दा हामीले समायोजन फारम पनि बहिष्कार गर्दै आन्दोनमा जान बाध्य भएका हौँ।’

प्रतिक्रिया दिनुहोस
Advertisement