सर्लाहीको मलंगवा नगरपालिकामा कांग्रेस विजयी


सर्लाही – सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिकाको प्रमुख र उपप्रमुख पदमा नेपाली कांग्रेस विजयी भएको छ ।नगरप्रमुखमा ९ हजार ७८ मतसहित कांग्रेसका नागेन्द्रप्रसाद यादव निर्वाचित भएका हुन् ।

उनका प्रतिस्पर्धी जसपाका निरसल साहले चार हजार ६३९ मत मात्रै ल्याएका छन् । यस्तै, उपप्रमुखमा कांग्रेसकी शकुन्तलादेवी साह विजयी भइन् ।

साहले ५ हजार १४३ मत प्राप्त गर्दा उनकी प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा) की पानोदेवीले ५ हजार १३९ मत पाइन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement