सर्लाहीमा गोली चल्यो, एक जनाको मृत्यु

सर्लाहीमा गोली चल्यो, एक जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सर्लाही – सर्लाहीको ईश्वरपुरमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ ।

ईश्वरपुर नगरपालिकाको बाँके नदीमा अवैध ढुंगागिट्टी उत्खनन् गर्दा बनेको खाल्टोमा शनिवार डुबेर एक बालकको ज्यान गएपछि स्थानीयले त्यसको विरोधमा आइतबार प्रदर्शन गरेका थिए । सोहि प्रदर्शनमा प्रहरी र प्रद्धर्शनकारीबीच झडप हुँदा प्रहरीको गोली लागेर एक जना प्रदर्शनकारीको मृत्यु भएको छ भने ८ प्रहरी र ३ जना प्रदर्शनकारीसहित ११ जना घाइते भएका छन् ।

मृतकको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । शनिबार ईश्वरपुर नगरपालिका वडा नम्बर १३ बस्ने लाले रायका १२ वर्षीय छोरा अमितकुमार यादवको खाल्डोमा डुवेर मृत्यु भएको थियो । खाल्डोमा डुबेर बालकको मृत्यु भएपछि त्यसको विरोधमा क्षतिपुर्ति माग गर्दै स्थानीयले राजमार्ग अबरुद्ध गर्दा प्रहरीले हस्तक्षेप गरेको थियो ।