सर्लाहीमा पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या

सर्लाहीमा पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या


सर्लाही-पूर्वसांसद तथा राज्यमन्त्री रामचन्द्र रायको अपरिचित समूहले धारिलो हतियार प्रहार गरी हत्या गरेको छ ।

सर्लाहीको चन्द्रनगर गाउँपालिका–१ रतनपुरस्थित आफ्नै घरमा सुतिरहेको अवस्थामा गएराति उनको टाउकोको बायाँ भागमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए । उनी राप्रपाबाट निर्वाचित सांसद थिए । उनी २०५० सालमा भूमिव्यवस्था राज्यमन्त्री भएका थिए ।

घरमा सुतिरहेको अवस्थामा अपरिचित समूहले उनको टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या गरेको उनले बताए ।

८० वर्षीय रायको हत्याबारे जानकारी पाउनासाथ मधेस प्रदेशका डिआईजी यज्ञ विनोद पोखरेल र सर्लाहीका प्रहरी प्रमुख एसपी रविन्द्र बहादुर सिंहसहितको टोली घटनास्थल पुगेका थिए ।

उनको हत्याको कारणबारे भने खुल्न नसकेको पनि बताइएको छ । घटनास्थलमा तालिम प्राप्त कुकुर समेत परिचालन गरी घटनाबारे अनुसन्धान सुरु भएको सर्लाही प्रहरी प्रवक्ता डिएसपी श्रेष्ठले बताए ।