सर्लाहीको कौडेना मतदानस्थल सेनाको नियन्त्रणमा


काठमाण्डु – सर्लाहीको एक मतदानस्थल नेपाली सेनाले नियन्त्रणमा लिएको छ । स्थानीय तह निर्वाचनअन्तर्गत कौडेना गाउँपालिका–६, स्थित श्री जनता आधारभूत मतदान स्थलमा कांग्रेस, लोसपा र जसपाका कार्यकर्ताबीच पटक–पटक झडप भएपछि उक्त मतदानस्थल नेपाली सेनाले नियन्त्रणमा लिएको हो ।

मतदान स्थलमा तत्काल आइपुगेको सेनाको टोलीले फायर नगरे पनि हतियार तेर्साएपछि स्थिति तत्काल शान्तिपूर्ण बनेको छ । स्थानीय संचारकर्मी निरज यादवका अनुसार विवाद हुँदा झण्डै १ घण्टा अवरुद्ध भएको मतदान कार्य सुरु भएको केहीबेर पछि पुनः झडप भएपछि सेनाको टोलीले घटनास्थल नियन्त्रणमा लिएको हो ।

त्यस्तै धनकौल गाउँपालिका–२, पशु सेवा केन्द्र मतदान स्थलमा झडप भएपछि सुरक्षाकर्मीले एक दर्जन बढी हवाई फायर गरेका छन् । मतदान सुचारु गर्न अहिले त्यहाँ सर्वदलीय बैठक भइरहेको प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिए । धनकौलको उक्त मतदान स्थललाई नियन्त्रणमा लिन काठमाण्डुबाटै नेपाली सेनाको विशेष टोली हेलिकप्टरबाट त्यहाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement