अष्ट्रेलियाका मन्त्रीले नेपालीसामू राखे यस्तो सर्त


अस्ट्रेलिया – अस्ट्रेलियाका एक मन्त्रीले नेपाललाई सहयोग गर्नका लागि एउटा सर्त अगाडि सारेका छन् । १८ तारिखमा हुने आमनिर्वाचनमा अस्ट्रेलियामा बसोबास गर्ने नेपालीसामू ती मन्त्रीले आफूले चुनाव जिते नेपाललाई ८ करोड नेपाली रुपैयाँ सहयोग गर्ने बचन दिएका छन् ।

नेपाली समूदायको एक कार्यक्रममा अस्ट्रेलियाका अध्यागमनमन्त्री डेभिड कोलम्यानले लिबरल पार्टी फेरि विजयी भए नेपाली समुदायको भवन निर्माणमा एक मिलियन डलर अर्थात करिब ८ करोड नेपाली रुपैयाँ सहयोगको घोषणा गरेका हुन् ।

एनआरएनको ओसिनिया क्षेत्रको क्षेत्रीय सम्मेलनमा बोल्दै उनले आफूसँग सामुदायिक भवन निर्माणका लागि सहयोगको आग्रह गरिएको बताउँदै सातापछि हुने निर्वाचनमा निर्वा्चित भए उक्त सहयोग दिने घोषणा गरेका हुन् ।

अस्ट्रेलियामा ६० हजार बढी नेपाली मूलका व्यक्ति रहेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement