शिक्षामन्त्रीको प्रस्टीकरण : अर्थ मन्त्रालयबाट शिक्षकको तलबमान स्वीकृत भएर आएको छैन

शिक्षामन्त्रीको प्रस्टीकरण : अर्थ मन्त्रालयबाट शिक्षकको तलबमान स्वीकृत भएर आएको छैन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षकहरूको प्रोत्साहन भत्ताको विषयमा किन अफवाह फैलाइँदैछ भनेर प्रश्न गरेका छन् ।

सोमबार राति सामाजिक सञ्जालमा लेख्दै मन्त्री पोखरेलले अर्थ मन्त्रालयबाट शिक्षकको तलबमान स्वीकृत भएर नआएको प्रस्टीकरण दिए ।

उनले लेखेका छन्, ‘प्रोत्साहन भत्ता उपलब्ध गराउने सैद्धान्तिक व्यवस्था बजेटमार्फत नै भइसकेको हो । तर अर्थ मन्त्रालयबाट तलबमान स्वीकृत भएर आएको छैन । यो अवस्था शिक्षकहरूको मात्र होइन, निजामती कर्मचारीहरूको हकमा पनि उस्तै छ । अनावश्यक अफवाह नफैलाइदिनुहुन सबैमा अनुरोध गर्दछु ।’