सुस्तामा भारतीय दादागिरी


नवलपरासी-  गण्डक नहरकै कारण नेपाली भूमि डुबानमा पर्नेे र कटान भइरहेको बेला भारतले नारायणी नदीमा एकतर्फी बाँध निर्माण सुरु गरेको छ । नेपाली भूमि डुबानमा पार्ने गरी भारतले एकतर्फी बाँध निर्माण गरेको हो ।

सुस्ता गाउँपालिका–४ नर्सहीस्थित नारायणी नदी ठोक्कर–१२ को पूर्वतर्फ नारायणी नदी पारी नेपालतर्फ करिब ३ सय मिटर भूभाग मिची बाँध निर्माण गरेको स्थानीय श्याम थापाले बताए ।

शक्तिकुमार कम्पनी पश्चिमी चम्पारण कम्पनीले बाँध निर्माण गर्दै आएको छ । भारतले नदीको भारतर्फ बहने पानीको बहावलाई नेपालतर्फ पठाउने गरी नेपाल भारत सीमाभन्दा ३ सय मिटर वर आएर उक्त बाँध निर्माण गरेको भन्दै नर्सहीका बासिन्दाले विरोध समेत जनाएका छन् ।

नेपालीहरू उक्त निर्माण कार्य रोक्न जाँदा भारतीय प्रहरी प्रशासनले नेपालीहरूलाई धम्क्याउने गरेको समेत थापाले बताए । भारतीय प्रहरी र भारतीय सीमा सुरक्षा बल (एसएसबी)को निगरानीमा उक्त बाँध निर्माण कार्य भइरहेको छ । उनीहरूले नदीमा जेसीभी नै प्रयोग गरेर बाँध निर्माण गरेका छन् ।

सुस्ता गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले भारतले निर्माण गरको बाँधले नेपातर्फको निकै ठूलो क्षेत्र डुबान र कटानमा पर्ने बताए ।पाण्डेले गण्डक नहरमा निर्माणको काम गर्दा नेपाल–भारत दुवैको सहमतिमा मात्र गर्नुपर्नेमा भारतले एकतर्फी गरेको समेत बताए । उनले नदीले हरेक वर्ष धार परिवर्तन गर्दै नेपालतर्फ बहाव बढिरहेको फाइदासमेत भारतीय पक्षले उठाइरहेको छ । राजधानीमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement