बजेट संशोधन गर्ने सत्तारुढ दलका शीर्ष नेताबीच सहमति


काठमाण्डु- सत्ता गठबन्धनका शीर्ष नेताबीच बजेट संशोधन गर्ने सहमति भएको छ । मंगलबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा आगामी आर्थिक वर्ष २०८०/ ८१ को बजेटमा संशोधन गर्ने सहमति जुटेको हो ।

सत्ता गठबन्धनमा आवद्ध दलहरुले नै असन्तुष्टि जनाएपछि आज सत्ता गठबन्धनको बैठक बसेको थियो । उक्त बैठकमा सत्ता गठबन्धनका शिर्ष नेताहरुबीच बजेट संशोधन गर्ने सहमति जुटेको हो ।

बैठकमा प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री डा. प्रकाशशरण महत, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायत सहभागी थिए।

आगामी बजेटलाई लिएर सबैभन्दा असन्तुष्टि नेकपा एकीकृत समाजवादी पार्टीले देखाइरहेको छ। माधव नेपालले बजेट यथास्थितिमा पास भए सरकार ढल्नेसमेत चेतावनी दिदैँ आइरहेका छन् । त्यस्तै जसपाका नेताहरूले सार्वजनिक रूपमै बजेट विनियोजन गर्दा पहुँचका आधारमा निश्चित क्षेत्रमा केन्द्रित गरेको भन्दै संशोधन नभए पारित हुन नदिने बताउदैँ आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement