बालुवाटारमा सत्ता गठबन्धनको बैठक: संसदको अवरोध खोल्न दलहरूसँग संवाद गर्ने निर्णय


काठमाण्डु- सत्ता गठबन्धनको बैठकमा अवरुद्ध संसद खुलाउनेबारे छलफल भएको छ । आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा गठबन्धनका शीर्ष नेताहरूले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गरिरहेको संसद् अवरोध खुलाउनेबारे छलफल गरेका हुन् ।

बैठकले संसद्को गतिरोध खुलाउन प्रमुख प्रतिपक्षी दल लगायत संसदमा प्रतिनिधित्व गर्ने दलहरूसँग संवादको प्रक्रियालाई तीव्रता दिने निर्णय गरेको जनाइएको छ । क्वीटल सुन प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग राख्दैँ एमालेले संसद बैठक अवरोध गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement