स्थानीय तहको चुनावमा एकताबद्ध भएर जाने गठबन्धनबीच सहमति

स्थानीय तहको चुनावमा एकताबद्ध भएर जाने गठबन्धनबीच सहमति

महानगरको उम्मेदवार केन्द्रले टुंग्याउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- सत्ता गठबन्धनको बैठकले स्थानी तहको निर्वाचनमा एकताबद्ध भएर जाने निर्णय गरेको छ । बिहीबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले अगामी बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा मिलेर जाने निर्णय गरेको हो ।

उक्त बैठकमा सहभागी भएका एकीकृत समाजवादीका नेता झलनाथ खनालले स्थानीय तहको चुनावमा गठबन्धनसहित जाने सहमति भएको बताए । उनका अनुसार देशभरका ६ महानगरको उम्मेदवारको टुंगो केन्द्रीय गठबन्धनले लगाउने छ । ‘स्थानीय निर्वाचनमा एकताबद्ध भएर जाने सहमति भएको छ । महानगरको निर्णय माथिबाट टुंगो लगाइनेछ’, उनले भने ।